छुट भएकालाई तनहुँमा १६ र १७ गते दोश्रो डोज खोप

  • ख-
  • ख+

दमौलीः तनहुँमा दोश्रो चरणको खोप लगाउन छुटेकालाई आगामी आईतबारबाट खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय तनहुँका अनुसार जिल्लाका सबै तहमा यस अघि प्राथमिकतामा परेका अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, ज्येष्ठ नागरिक, पत्रकारलगायतलाई यस्तो खोप दिइनेछ ।


कार्यालय प्रमुख शंकरबाबु अधिकारीले आगामी आईतबार र सोमबार त्यस्तो खोप दिइने जानकारी दिए । कार्यालयले दमौली, नारेश्वटार, बेलचौतारा, बन्दीप्ुर, घिरिङ, कोटदरबार, देवघाट तथा जामुनेमा यस्तो खोप दिने व्यवस्था मिलाएको छ ।

तर खोप लगाउन भने गत फागुन २३ गते अगाडि लगाएका व्यक्ति हुनुपर्ने सूचनामा छ ।


खोप लगाउनका लागि स्वास्थ्य संस्था वा स्थानीय तहमा सम्पर्क राख्न पनि कार्यालयले आग्रह गरेको छ । यस अघि जिल्ला कोभिड संकट व्यवस्थापन समितिले मौज्दात रहेको खोप दोश्रो चरणमा छुटेकालाई लगाउन दिने निर्णय गरेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्