पत्रकार भण्डारीकी जीवनसंगिनीको उपचारमा सघाउन पत्रकार सम्बद्ध संस्थाको अपिल

  • ख-
  • ख+

दमौलीः गम्भीर दुर्घटनामा परी घाइते नेपाल पत्रकार महासंघ तनहुँका सदस्य दिवाकर भण्डारीकी जीवनसंगिनी सुनिता डोटेल भण्डारीको उपचारका लागि सघाउन पत्रकार सम्बद्ध संघ संस्थाले अपिल गरेका छन् ।


नेपाल पत्रकार महासंघ तथा नेपाल प्रेस युनियनले ठूलो धनराशी खर्च हुने भन्दै उपचारमा सघाउन अपिल गरेका हुन् । महासंघले हालै मात्र समस्या तथा कठिनाइमा परेका पत्रकारका लागि सघाउन भन्दै कल्याणकारी कोषको समेत स्थापना गरेको छ । शाखा अध्यक्ष उज्वल पौडेलले शाखाका तर्फबाट उपचारमा सघाइने प्रतिवद्धता जनाएका छन् ।


यसैगरी, नेपाल प्रेस युनियन तनहुँका अध्यक्ष अमरराज नहर्कीको अध्यक्षतामा बसेको बैठकले भण्डारीको उपचारका लागि सघाउन पहल गर्ने निर्णय समेत गरेको छ ।
छतबाट खसेर दुवै खुट्टा भाँचिएकी भण्डारीको हाल बिएण्डबी अस्पतालमा उपचार भैरहेको छ ।

अति सघन पक्षमा डेढ साता राखिएपछि हाल पनि उनको उपचार जारी रहेको दिवाकरले दमौली न्य्ुजलाई जानकारी दिए । उनको उपचारका लागि सञ्चारकर्मीहरुले सघाउन थालेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी