समाचारको विषयमा दमौली न्युज डट कमकर्मी खनाललाई धम्की

  • ख-
  • ख+

दमौली: दमौली न्युज डट कमकर्मी विकास खनाललाई धम्की आएको छ।
नेपाल पत्रकार महासंघ तनहुँ शाखाका कार्य समिति सदस्य दमौली न्यूज डटकमका समाचार प्रमुख खनालमाथि क्षत्री समाज तनहुँकी उपाध्यक्ष शारदा थापा अधिकारीले धम्की दिएकी हुन् ।

समाजले स्वास्थ्य सामग्री सहयोग गरेको समाचारमा आफ्नो नाम तल पारेको भन्दै उनले खनाललाई पटक पटक फोन तथा म्यासेज गर्दै धम्की दिएकी हुन् ।
घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै नेपाल पत्रकार महासंघ तनहुँले प्रेस विज्ञप्ति जारी गरेको छ ।


शाखा अध्यक्ष उज्वल पौडेल र सचिव प्रताप रानाद्वारा जारी विज्ञप्तिमा ‘प्रकाशित/प्रसारित समाचारको विषयमा चित्त नबुझे या गुनासो रहे त्यसउपर कानुनी उपचार खोज्ने वैधानिक विधि र स्थापित पद्धति रहेको भन्दै त्यसलाई बेवास्ता गर्दै समाजिक काममा खट्ने संस्थाको जिम्मेवार पदाधिकारीद्वारा समाचारमा आफ्नो नाम पछाडी प¥यो भन्दै पत्रकारलाई अनावश्यक रुपमा मानसिक रुपमा तनाव दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी कार्य भनिएको छ ।

संविधानले सुनिश्चित गरेको प्रेसको अधिकारको सम्मान गर्न महासंघले सम्बन्धित सबैसँग आग्रह गरेको छ।
दमौली न्युज डट कम सम्बन्धित पक्षलाई तत्काल माफी माग्न र प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित पक्षलाई आग्रह गर्दछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी