फर्निचर कर्मचारीलाई कोभिड देखिए ५ हजार दिने भण्डारीको घोषणा

  • ख-
  • ख+

दमौलीः त्रिनेत्र स्टील एण्ड फर्निसिङ प्रा.लि.का संञ्चालक अम्मर भण्डारीले जिल्लाका फर्निचरमा कार्यरत कर्मचारीलाई कोरोना पोजेटिभ देखिए रु.पाँच हजारका दरले आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।

तनहुँ फर्निचर व्यवसायी संघको सिफारिसमा संघमा आवद्ध भएका फर्निचर व्यवसायीमा कार्यरत कर्मचारीमा कोरोना पोजेटिभ देखिएमा रु.पाँच हजार दिने घोषणा गरेका हुन् । व्यास नगरपालिका–१ निर्मलनगरमा रहेको प्रालिका संञ्चालक भण्डारीले कोरोना पोजेटिभ भएका व्यक्तिहरुलाई सानो रकम भएपनि सहयोग गरेर हौसला प्रदान गर्न लागिएको बताए ।


संघमा आवद्ध फर्निचर व्यवसायमा कार्यरत एक फर्निचरबाट बढीमा तीन जना सम्म कर्मचारीलाई पाँच हजार रुपैयाँका दरले रकम दिने योजना रहेको भण्डारीले जानकारी दिए ।
तनहुँमा संघमा आबद्ध भई करिब ४० वटा फर्निचर व्यवसाय संञ्चालन हुँदै आएको बताइन्छ ।


अस्पताल लैजान निःशुल्क गाडि
यसैगरी, भण्डारीले कोरोना महामारीको समयमा निषेधाज्ञा अवधिभर गरीब,असहाय,अशक्त तथा अप्ठ्यारोमा परेका बिरामीलाई अस्पताल सम्म लैजानका लागि आफ्नो गाडी निःशुल्क उपलब्ध गराउने घोषणा समेत गरेका छन् । व्यवसायी भण्डारी गोरखाली समाज तनहुँका सल्लाहकार समितिका सदस्य,जनता समाज पार्टीका नगर अध्यक्ष समेत हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्