लायन्स तनहुँ दमौलीद्वारा व्यासलाई सवा लाखको अक्सिजन मेसिन सहयोग

  • ख-
  • ख+

दमौली: लायन्स क्लब अफ तनहुँ दमौलीले स्थानीय जनताको जीवनरक्षाका लागि भन्दै व्यास नगरपालिकालाई  अक्सिजन मेसीन हस्तान्तरण गरेको छ ।


कोभिड जोखिमसंग जुध्न भन्दै नगरपालिकालाई मेसिन हस्तान्तरण गरिएको क्लबका पूर्व अध्यक्ष राजकुमार श्रेष्ठ राकुले जानकारी दिए ।


व्यास नगरपालिका  प्रमुख वैकुण्ठ न्यौपानेलाई मेसिन हस्तान्तरण गर्दै क्लबका अध्यक्ष सरोज भण्डारीले नगरपालिकाद्वारा सञ्चालित सामुदायीक आईसोलेसनमा अन्सिजनको अभाव हुन नदिन  सहयोग गरिएको बताए ।


कार्यक्रममा बोल्दै नगर प्रमुख न्यौपानेले संस्थाले गरेको सामाजिक क्रियाकलापको सराहना गर्दै  धन्यवाद ज्ञापन गरे।
मेसिन एक लाख २७ हजार मूल्य बराबरको रहेको क्लबका सचिव विशाल पण्डितले जानकारी दिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्