राससका कार्यकारी सम्पादक बस्नेतलाई नरहरी स्मृति पुरस्कार

  • ख-
  • ख+

दमौली :राससका कार्यकारी सम्पादक एवम् अग्रज पत्रकार सूर्यचन्द्र बस्नेतलाई ‘नरहरी खनाल स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिने भएको छ ।


स्वर्गीय खनालको परिवारले नेपाल युनियन तनहुँमा स्थापना गरेको पुरस्कार पहिलोपटक बस्नेतलाई प्रदान गरिन लागेको हो ।
अध्यक्ष अमरराज नहर्कीको अध्यक्षमा मङ्गलबार बसेको युनियनको भर्चुअल बैठकले पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

स्वर्गिय शिक्षक खनालको स्मृतिमा छोरा नेविसंघका पूर्व सहमहामन्त्री लक्ष्मीभक्त खनालले स्थापना गरेको अक्षयकोषबाट प्रदान गरिने पुरस्कारको राशी नगद ५ हजार ५ सय ५५ रुपियाँ छ ।
प्रेस युनियन स्थापना दिवस जेठ १३ गते प्रदान गर्ने तयारी भए पनि सहज अवस्थामा पुरस्कार प्रदान गरिने सचिव प्रकाश अधिकारीले जानकारी दिए ।
राससको जिल्ला समाचारदाताबाट पत्रकारिता थालेका युनियनका पूर्व अध्यक्ष बस्नेत क्षेत्रीय प्रमुख हुँदै हाल कार्यकारी सम्पादक छन् ।
उनले देशको पत्रकारिताका क्षेत्रमा पुर्याएको विशिष्ट योगदानका लागि पुरस्कार प्रदान गरिन लागिएको युनियनले जनाएको छ ।

उपचारमा मद्धत पु¥याउन समिति गठन
बैठकले युनियनका पार्षद दिवाकर भण्डारीको जीवन सङ्गिनी सुनिता डोटेल भण्डारीको उपचारका लागि सक्दो सघाउने निर्णय गरेको छ । घरको छतबाट खसेर घाईते भई हाल काठमाडौ स्थित बि एण्ड बि अस्पतालमा उपचारत सुनिताको स्वास्थ्य लाभको कामना गर्दै उपचारका लागि आर्थिक संकलन गर्ने निर्णय बैठकले गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्