नेपालपक्षीय पूर्व सांसद खान भन्छिन्,‘मलाई कारबाही गर्नुभयो, धन्यवाद छ, प्रधानमन्त्री’

  • ख-
  • ख+

दमौलीः विघटित प्रतिनिधि सभा सदस्य एवं माधव नेपाल पक्षधर एमाले नेतृ कलिला खानले आफूलाई कारवाही गरेको भन्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिएकी छन् ।
व्यंगात्मक पाराको पोस्ट सामाजिक सञ्जालमा राखेकी उनले ओलीले अझै अरु नेतालाई कारवाही गर्ने आशंका गर्दै त्यसपछि पार्टी भारदारी सभामा परिणत हुने दाबी गरिन् ।
उनले लेखेकी छन््,‘त्यसपछि खड्ग ओली महाराजको सिंहासन हुने छन र तल उनको जयजयकार गर्ने उनका दासहरु मात्र बाँकी रहनेछन् ।’

विघटित प्रतिनिधि सभा सदस्य खानले राखेको सामाजिक सञ्जाल फेसबुक पोष्ट ।


आक्रोशित रुपमा व्यंगात्मक पोष्ट गरेकी उनले त्यसपछि पार्टीमा विचार नभै हुकुमी शासन चल्ने भन्दै ओलिकै आदेश चल्ने जिकिर गरेकी छन् ।
आफू ‘झन्झट’बाट मुक्त भएको भन्दै उनले यसमा केही गुनासो नभएको लेखेकी छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी