एमाले बैठक निर्णयः माधव-झलनाथसहित ११ नेतालाई साधारण सदस्यबाटै निस्कासन

  • ख-
  • ख+

काठमाडौं ः नेकपा एमालेले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गर्ने निर्णय गरेको छ ।

आज बसेको स्थायी कमिटी बैठकले खनाल र नेपालसहित विघटित संसदका ११ जना सांसदलाई पार्टीको साधारण सदस्यबाटै निष्काशन गरेको हो ।

निष्कासन पर्नेमा नेता खनाल र नेपालसहित भीमवहादुर रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खान, निरादेवी जैरु, लक्ष्मीकुमारी चौधरी र १ कल्याणीकुमारी खड्का रहेका छन् ।

पार्टीविरूद्द गतिविधि गरेकोमा सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नदिएकाले पार्टीबाट निश्कासन गर्ने निर्णय गरिएको बताईएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी