व्यासको पीसीआर प्रयोगशालाका लागि अर्थबाट २५ लाख विनियोजन

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिकाको नेतृत्वमा सञ्चालन हुन लागेको पीसीआर परीक्षण प्रयोगशालाका लागि अर्थ मन्त्रालयले २५ लाख रुपैयाँ विनियोजन गरेको छ ।


अर्थ मन्त्रालयले सोमबार रकमान्तर गरेर विभिन्न स्वास्थ्य संस्थालाई रकम पठाएको हो । तनहुँका विघटित प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानले आफ्नो पहलका कारण रकम विनियोजन भएको बताएका छन् । ‘केही दिन अघि डिसिसिएमसी बैठकमा प्रतिवद्धता अनुरुप अर्थ मन्त्रालयबाट रकम विनियोजन भएको हो,’ श्रेष्ठले भने ।


ल्याबका लागि सघाउन व्यास नगरपालिकाले सामाजिक संघ संस्था तथा सुभेच्छुक सबैसँग अपिल गरेको छ । अन्य तहहरुले पनि यसमा सघाउने प्रतिवद्धता जनाएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी