८० वर्षिय वृद्धद्वारा खाजा खर्च कटाएर पत्रकार कल्याणकारी कोषमा सहयोग

  • ख-
  • ख+

दमौलीः व्यास ७ पाथ्रा स्थायी ठेगाना भई हाल व्यास ४नमुना टोल बस्दै आएका ८० वर्षिय मुक्तिनाथ न्यौपानेले तनहुँका पत्रकारका लागि स्थापना गर्न लागिएको पत्रकार कल्याणकारी कोषमा सहयोग गरेका छन् । उनले महासंघ कार्य समिति सदस्य प्रकृति खनाल न्यौपानेमार्फत कोषका लागि रकम सहयोग गरेका हुन् ।

आफ्नो खाजा खर्च कटाएर न्यौपानेले तीन हजार पञ्पन्न रूपैया सहयोग गरेका हुन् । ‘यो सरकार ले खाजा खा भनेर दिएको वृद्धा भत्ताबाट दिएको हुँ,’ उनले भने ।

उनले समाजका ऐना पत्रकारका लागि सबैले सकेको सहयोग गर्न भन्दै सबै सुभेच्छुक व्यक्ति तथा संघ संस्थालाई अनुरोध गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी