व्यासले प्रयोगशालालाई सोध्यो,‘नौ दिन हुँदा पनि पीसीआर रिपोर्ट किन आएन?’

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिकाले गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालासँग नौ दिन हुँदा समेत पीसीआर परीक्षण रिपोर्ट नआएको भन्दै प्रश्न उठाएको छ ।


नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको कोभिड नियन्त्रणसम्बन्धी समीक्षा बैठकपछि नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै नगर क्षेत्रमा ११ जनाको ज्यान गैसकेको अवस्थामा पीसीआर रिपोर्ट आउनमा भैरहेको ढिलाईको कारण माग गरेको छ ।


नगरपालिकाले आफ्नो सक्रियतामा स्थापना हुन लागेको पीसीआर परीक्षण प्रयोगशालाका लागि बैठकमा जनप्रतिनिधिले एक महिना बराबरको सुविधा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । अन्य प्रतिनिधिलाई पनि नगरपालिकाले सहयोगका लागि अनुरोध गरेको छ ।


नगरपालिकाले प्रयोगशालाका लागि सघाउन समाजका सबै क्षेत्रसँग अपिल समेत गरेको नगरपालिका कार्यालयका प्रवक्ता मेघनाथ आचार्यद्वारा जारी विज्ञप्तिमा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी