अस्पताललाई क्षेत्री समाजको १ लाखको स्वास्थ्य सहयोग

  • ख-
  • ख+

विकास खनाल
दमौली: क्षेत्री समाज नेपाल जिल्ला कार्यसमिति तनहुँले तनहुँका विभिन्न अस्पतालहरू लाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । काेभिड १९ काे राेकथामका लागि सहयोग पुगाेस भनेर आफूहरुले सहयोग गरेको क्षेत्री समाज तनहुँका अध्यक्ष रामबहादुर अधिकारीले बताए । उक्त् सामग्री तनहुँका प्रमुख जिल्ला अधिकारि सागर अाचार्य मार्फत जिल्ला स्वास्थ्य कार्यलय तनहुँका प्रमुख शंकर अधिकारीलाई बुझाइएको हाे ।

स्वास्थ्य सामग्री बुझ्दै प्रमुख जिल्ला अधिकारी सागर अाचार्यले क्षत्री समाज नेपाल तनहुँ लाई धन्यवाद दिए । काेभिड १९ का कारण सिङ्गो देश अाक्रान्त भइरहेको बेला त्यस सँग सम्बन्धित स्वास्थ्य सामाग्री सहयोग गरेर समाजले नमुना काम गरेको अाचार्यले बताए । अध्यक्ष अधिकारीले सामाग्री  हस्तान्तरण गर्दै केही भए पनि सहयोग हुने हुँदा क्षत्री समाजका २५ जना सदस्यहरूवाट स्वस्फूर्त रूपमा रकम संकलन गरि सामाग्री ल्याइएको जानकारी दिए ।

समाजले यसअगाडि नैँ अाफ्नाे भवन निशुल्क रूपमा अाइसाेलेसनका लागि दिएको अधिकारीले बताए । स्वास्थ्य सामाग्रीमा मास्क सय थान , सेनिटाइजर सय थान , पिपि ३० थान र फेसिल  सय थान गरि १ लाख बराबरको स्वास्थ्य सामाग्री वितरण गरिएको क्षत्री समाज जिल्ला सदस्य एवं स्वास्थ्य
सामग्री संकलन संयाेजक रामचन्द्र अधिकारीले बताए । स्वास्थ्य सामग्री तनहुँकाे दमाैली अस्पताल , ब्यासनगर अाइसाेलेसन , म्याग्देमा रहेको जामुने काेभिड अस्पताल , जिपि काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान , बन्दिपुर अस्पताल , पुरनडिहि अस्पताल भानुकाे लागि सहयोग गरिएको क्षत्री समाज ब्यास नगर सभापति प्रेमबहादुर रावतले बताए ।

कार्यक्रममा केन्द्रीय सदस्य क्याप्टेन भरतबहादुर अधिकारी , चक्रबहादुर अधिकारी , नानुमाया बस्नेत , अर्जुन बहादुर अधिकारी , बिरेन्द्र अधिकारी , हरि कार्की ,  सारदा थापा अधिकारीकाे उपस्थिति रहेको थियो । त्यस्तै सहयोग हस्तान्तरण कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी  चित्राङ्गत बरालकाे पनि उपस्थिति रहेको थियो ।

*समाचारमा समाजका अध्यक्ष रामबहादुर अधिकारीको नाम तीन ठाउँमा रहेकामा एक ठाउँमा त्रुटीवश रामचन्द्र पर्न गएकामा यो समाचार पोष्ट भएको तीन मिनेटभित्र नै सच्याइएको व्यहोरा अनुरोध छ ।
सम्पादक

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी