दमौली बजार एकाईद्वारा जनपद र ट्राफिक प्रहरीलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग

  • ख-
  • ख+

दमौलीः तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाई समितिले कोभिडको समयमा समेत सडकमा खटिएका सुरक्षाकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ ।

भुपाल हार्डवर्यर तथा दिल हार्डवयर्सको सौजन्यमा प्राप्त सामग्री एकाईले सहयोग गरेको सचिव माधव न्यौपानेले जानकारी दिए ।

‘हामी घरमा बसे पनि सुरक्षाकर्मीले जोखिम मोलेर सुरक्षा व्यवस्थापनमा खटेकाले जोखिम कम गर्न सघाएका हौ,’ भुपाल हार्डवयर्सका प्रोप्राइटर समेत रहेका एकाईका सभापति भुपाल आलेले भने ।


एकाईका पदाधिकारीहरुले प्रहरी उपरीक्षक अरुण पौडेल तथा ट्राफिक प्रमुख डोलिन्द्रबहादुर हमाललाई सामग्री हस्तान्तरण गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्