पत्रकार कल्याणकारी कोषमा क्याप्टेन अधिकारीको सहयोग

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिका वडा नं ४ निवासी क्याप्टेन भरतबहादुर अधिकारीले नेपाल पत्रकार महासंघ तनहुँ शाखाले स्थापना गरेको कल्याणकारी कोषका लागि रकम सहयोग गरेका छन् । अधिकारीले पत्रकार मदन वाग्ले र विकास खनाललाई सोमबार नगद रू २ हजार ५ सय रूपैयाँ सहयोग गरेका हुन् ।

क्षेत्री समाज नेपालका केन्द्रीय सदस्य समेत रहेका अधिकारीले समाजको ऐनाको रूपमा काम गर्ने सञ्चार जगतको हितमा प्रयोग गर्ने भन्दै कल्याणकारी कोषमा उक्त रकम सहयोग गरेका हुन् ।


विभिन्न सामाजिक संस्थामा आवद्ध अधिकारीले सञ्चारकर्मी हरूको हितमा खर्च हुने कोष स्थापना गर्नु आँफैमा सर्हाहनिय काम भएको भन्दै आफुले स्वस्फूर्त रुपमा अभियानमा होस्टेमा हैँसे गरेको बताए । रकम हस्तान्तरण गरेकोमा पत्रकारद्वय वाग्ले र खनालले अधिकारीप्रति आभार प्रकट गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्