अप्ठेरोमा परेको परिवारलाई क्याप्टेन अधिकारीको सहयोग

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिका ४ निवासी क्याप्टेन भरतबहादुर अधिकारीले खाद्यान्न सहयोग गरेका छन् । चितवन घर भइ हाल दमौली बस्दै आएकी एक श्रमिक महिलाको परिवारलाई अधिकारीले १ बोरा चामल , दाल , तेल , नुन , मसला सहयोग गरेका हुन् ।


विपन्न परिवारका श्रीमान श्रीमती मजदुर काम गरि ४ जनाको परिवार पाल्दै आएकोमा कोभिड १९ का कारण काम बन्द भए पछि बिहान बेलुका छाक टार्न कठिनाइ परेको गुनासो गरे पछि पत्रकार शिला वाग्लेको पहलमा अधिकारीले खाद्यान्न सहयोग गरे ।


क्षेत्री समाज नेपालका केन्द्रीय सदस्य समेत रहेका अधिकारीले खान नपाएको परिवारलाई खुवाउन पाउँदा खुसी लागेको बताए । विगतमा पनि आफुले अप्ठेरोमा परेकालाई सहयोग गर्दै आएको र भविस्यमा पनि गर्ने अधिकारीको भनाइ थियो ।


अफ्ठ्यारो पर्दाको समयमा राहत स्वरूप खाद्यान्न सामग्री दिएकोमा परिवार खुशी भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्