बाग्लुङका बाढीपीडितलाई राहत बाँड्ने पल र दुर्गेशलाई ‘अभियान’को सहयोग

  • ख-
  • ख+

आँबुखैरेनीः बाग्लुङ ढोरपाटन ८ र ९ मा हालै गएको बाढी र पहिरो पीडितलाई सघाउन नायक पल शाह र गायक दुर्गेश थापाले चलाएको अभियानमा आँबुखैरेनीका युवाले साथ दिएका छन् ।

पीडितलाई राहत दिनका लागि त्यसतर्फ जान लागेका गायक र नायकलाई आँबुखैरेनीका युवा व्यवसायी अभियान श्रेष्ठले ३० बोरा चामल सहयोग गरेका छन् ।

बाग्लुङ जाने क्रममा उनीहरुलाई आँबुखैरेनीमा चामल हस्तान्तरण गरेको श्रेष्ठले जानकारी दिए । ‘बाढीपीडितलाई उहाँहरुले राहत लिएर जाँदै गरेको थाहा पाए पछि मैले पनि सकेको सघाएको हुँ,’ श्रेष्ठले भने ।

राहत लिएर टोली त्यसतर्फ प्रस्थान गरिसकेको छ । बुधबार राहत हस्तान्तरण गरिने गायक दुर्गेशले बताए ।
तस्बिर सौजन्यः राम धामी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी