७१ औं जन्मदिनमा पत्रकार कल्याणकारी कोषलाई रकम

  • ख-
  • ख+

दमौलीः जन्म दिनको अवसर पारेर व्यास–२ मालेबर निवासी मछिन्द्रादेवी श्रेष्ठले नेपाल पत्रकार महासंघ तनहुँ शाखाले स्थापना गरेको कल्याणकारी कोषका लागि आर्थिक सहयोग गरेकी छन् ।

श्रेष्ठले आफ्नो ७१ वर्ष प्रवेशको अवसरमा ५ हजार पाँच सय ५५ रुपैयाँ आइतबार प्रदान गरिन् । नेपाल घरेलु तथा साना उद्योग व्यवसायी समिति केन्द्रीय सदस्य समेत रहेकी श्रेष्ठले जन्म दिनको अवसरमा समाजको ऐनाको रुपामा काम गर्ने संचार जगतको हितमा प्रयोग गर्ने कल्याणकारी कोषमा रकम महासंघलाई हस्तान्तरण गरेको बताइन् ।


संचार क्षेत्र र संचारकर्मिहरुको हितमा खर्च हुने कल्याणकारी कोषमा स्थापना गर्नु राम्रो काम भएको आफुले सहयोग गरेको भन्दै अरुलाई पनि अभियानमा सहयोग गर्न अपिल गरिन् । महासंघको कल्याणकारी कोषका लागि सहयोग गरेको भन्दै तनहुँ शाखाका अध्यक्ष उज्वल पौडेलले धन्यवाद व्यक्त गरे ।


खनालबाट २५ सय
यसैवीच, व्यास–५ निवासी रमेश खनालबाट पनि २५ सय रुपयाँ सहयोग गरेका छन् । दुना टपरी रेष्टुरेन्ट एण्ड बारका संचालक समेत रहेका खनालले महासंघ तनहुँ शाखाका सदस्य विष्णु गौतमलाई आइतबार रकम हस्तान्तरण गरे ।

कोष स्थापनाका लागि पत्रकारहरू, शुभेक्षछुक ,सहयोगी संस्था र व्यक्तिहरु कल्याणकारी कोषमा आर्थिक संकलन गर्ने निर्णय गरेको महासंघ तनहुँ शाखाका कोषाध्यक्ष बिमला दुुवाडीले बताइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्