वरिष्ठ अधिवक्ता यदुनाथ खनाल भन्छन् ‘सर्वोच्चले संसद ब्युँत्याउँछ’(भिडियोसहित)

  • ख-
  • ख+

दमौलीः विपक्षी गठबन्धन सरकारी कदमविरुद्ध सर्वोच्च अदालत गएका बेला वरिष्ठ अधिवक्ता यदुनाथ खनालले प्रतिनिधि सभा विघटनपछिको विपक्षी गठबन्धनका लागि एक मात्र विकल्प सर्वोच्च अदालत जानु भएको बताएका छन् ।


सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको विघटन गरे पछि अहिले यसको पक्ष र विपक्षमा बहस चलिरहेको छ । प्रधानमन्त्री चुनाव र विपक्षी गठबन्धन सर्वोच्च जाने तयारीमा रहेका बेला खनालले दमौली न्युजसँग कुरा गर्दै प्रधानमन्त्रीको कदम कानूनी हिसाबले जालसाँजी भएको टिप्पणी गरे ।


विगतमा पनि यस्ता घटनामा सर्वोच्चले संसद पुनस्र्थापना गरेको नजिर रहेको भन्दै उनले यसपाली पनि त्यसै हुने जिकिर गरे । विपक्षी गठबन्धनले सोमबार यस विषयमा सरकारलाई सर्वोच्चमा चुनौती दिने घोषणा गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी