प्रधानमन्त्रीको कदमविरुद्ध तनहुँका विपक्षी दलहरु ‘एक ठाउँमा’

  • ख-
  • ख+

दमौलीः तनहुँमा क्रियाशिल विपक्षी गठबन्धनमा आवद्ध दलहरु प्रतिनिधि सभा विघटनविरुद्ध एक ठाउँमा उभिएका छन् ।

नेपाली कांग्रेसको पार्टी कार्यालयमा बसेको ती दलको बैठकले सशक्त ढंगबाट सरकारको कदमविरुद्ध लाग्ने निर्णय गरेको बैठकपछि माधव नेपाल पक्षीय नेकपा एमाले व्यास नगर कमिटि अध्यक्ष श्रीराम कार्कीले बताए ।


कांग्रेस सभापति बैकुण्ठ न्यौपानेको सभापतित्वमा बसेको बैठकपछि कांग्रेस सचिव विश्व बाँस्तोला, माओवादी केन्द्र सचिव राजेन्द्रकेशरी न्यौपाने, माधव नेपाल पक्षीय एमाले तनहुँका अध्यक्ष शंकरनारायण श्रेष्ठ, जसपा सल्लाहकार कृष्णराज घिमिरे तथा राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष पुष्पलाल श्रेष्ठद्वारा जारी विज्ञप्तिमा प्रजातन्त्र तथा गणतन्त्र पुनस्र्थापनाको आन्दोलनमा सँगै लडेको प्रसँग कोट्याउँदै संविधान बचाउन सशक्त लड्ने प्रतिवद्धता जनाइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी