७३ वर्षिया वृद्धाको कोरोनाबाट मृत्यु

  • ख-
  • ख+

पोखराः गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट थप एकको ज्यान गएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको कोभिड उपचार केन्द्रमा उपचाररत ७३ वर्षिया वृद्धाको मंगलबार दिउँसो ज्यान गएको हो ।


अस्पतालका अनुसार आईसीयु कक्षमा उपचाररत वृद्धाको दिउँसो करिब ४ बजे ज्यान गएको हो ।

अस्पतालका सह प्राध्यापक डाक्टर अर्जुन आचार्यले अस्पतालमा कोभिड १९ बाट ज्यान गुमाउनेको संख्या नौ पुगेको उल्लेख गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्