कोभिड व्यवस्थापन समिति बैठक निर्णयः लगाउन छुटेकालाई बचेको खोप

  • ख-
  • ख+

दमौलीः तनहुँमा कोभिसिल्डको पहिलो डोज लगाएर दोश्रो लगाउन छुटेका व्यक्तिहरुलाई खोप दिइने भएको छ ।


प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा बसेको नयाँ अध्यादेशअनुसार गठित जिल्ला कोभिड व्यवस्थापन समितिको पहिलो बैठकले फागुन २३ अघि पहिलो खोप लगाएर दोश्रो लगाउन छुटेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, कर्मचारी तथा पत्रकारलगायतलाई स्थानीय तहसँग समन्वय गरेर खोप लगाउने निर्णय गरेको छ ।


सरकारले कोभिड १९ संकट व्यवस्था गर्न बनेको अध्यादेश पछि यस अघि स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृत समेत सदस्य रहने जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रबाट अब प्रशासन, सुरक्षा संयन्त्र र स्वास्थ्य अधिकारी सम्मिलित समिति सक्रिय भएको छ ।


बैठकमा जिल्ला समन्वय समिति प्रमुखलाई आमन्त्रित सदस्यमा राख्नेबाहेक स्थानीय सरकारको प्रतिनिधित्व नहुने देखिएको छ । सरकारको नयाँ अध्यादेशअनुसार अबका काम अघि बढ्ने भएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी