तनहुँलाई समेत दिने गरी लमजुङको अस्पतालमा अक्सिजन प्लान्ट राखिंदै

  • ख-
  • ख+

लमजुङः पूर्वी लमजुङको एक सामुदायिक अस्पतालमा अक्सिजन उत्पादन प्लान्ट राख्ने पहल सुरु भएको छ ।
राईनास नगरपालिका वडा नं ७ मा रहेको सामुदायिक अस्पतालमा अक्सीजनको व्यवस्था मिलाउन सके पुर्बी लमजुङको दुधपोखरी गाऊँपालिका, गोरखाको सिरानचोक र तनहुँका केही भागका मानिसलाई समेत सेवा उपलब्ध गराउन सकिन्छ ।


विदेशमा रहेका राईनासबासी युवाहरुको पहलमा प्लान्ट राख्ने अभियान सुरु भएको र सो संबन्धी छलफल गरिएको अभियन्ता महेन्द्र चौलागाईले जानकारी दिए । उनका अनुसार छलफलमा बिेदेशका बिभिन्न देशमा रहेका युवाहरु,राईनास नगरपालिकाका मेयर सिंह बहादुर थापा, वडाअध्यक्ष माधब पराजुली, स्थानिय तथा राजनितिज्ञ देबेन्द्र पराजुली, तुलसीनारायण श्रेष्ठले अभियान सफल बनाउन आफुहरुको सहयोग रहने प्रतिबद्धता जनाए ।


त्यसैगरि अभियानका लागि पुर्ण पोखरीया(हाल कतार) संयोजक रहेको समिती गठन गरिएको छ । त्यसैगरि समितिको उप–संयोजकमा हरि चिलुवाल(हाल कतार) सदस्यमा महेन्द्र चौलागाई(हाल साउदी),देबकी पराजुली(नेपाल) हरि भुजेल(हाल अमेरीका) रहेका छन् ।

त्यसैगरि देबन्द्र पराजुलीको नेतृत्वमा सल्लाहकार समिति पनि बनाइएको छ । सल्लाहकारहरुमा अस्पतालका सञ्चालक डा. शिब र्सिमल,रमेश चिलुवाल,दिनेस चिलुवाल,देब भुजेल छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्