तनहुँ उद्योग वाणिज्य संघको आपतकालिन कोषमा १० लाख संकलन, अक्सिजनसहित साढे २ लाखको सामान खरिद

  • ख-
  • ख+

दमौलीः कोभिड संकटका बेला खटिएका आपतकालिन क्षेत्रका कर्मचारी, सुरक्षाकर्मी तथा आवश्यक क्षेत्रमा सघाउन भन्दै तनहुँ उद्योग वाणिज्य संघले थालेको सहयोग संकलन अभियानअन्र्तगत १० लाख रुपैयाँ संकलन भएको छ ।


संघले थालेको अभियानअन्र्तगत जिल्लाका व्यवसायी तथा देश विदेशका सुभेच्छुकबाट उल्लिखित रकम संकलन भएको संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
‘हामीले आह्वान गर्नासाथ स्वतःस्फूर्त सहयोग संकलन भैरहेको छ,’ उनले भने,‘अझै आउने क्रम जारी छ ।’


संघले संकलित रकमबाट आफ्ना एकाईमार्फत सुरक्षाकर्मी तथा अन्य आवश्यक क्षेत्रमा सहयोग गरिरहेको उनले बताए । संघले २५ थान अक्सिजन सिलिण्डर खरिद गरेर दमौली अस्पताल तथा जीपी कोईराला राष्ट्रिय स्वासप्रस्वास केन्द्रलाई दिंदैछ ।


यसैगरी शव व्यवस्थापनमा खटिएको नेपाली सेनाको कालीभञ्जन गणलाई पनि सहयोग गर्ने संघका महासचिव ईमकुमार मल्लले जानकारी दिए । हालसम्म करिब साढे २ लाख बराबरको स्वास्थ्य सामग्री खरिद गरिएको संघका कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठले जानकारी दिए । बाँकी रकमबाट पनि आवश्यकताअनुसार सहयोग हुने उनले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्