अभियानद्वारा प्रशासन, पत्रकार र सशस्त्रलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग

  • ख-
  • ख+

दमौलीः आँबुखैरेनीको अभियान कन्स्ट्रक्सनले तनहुँका पत्रकार तथा सुरक्षा निकायलाई स्वास्थ्य सुरक्षाका सामग्री सहयोग गरेको छ ।


कोभिडको कठिन समयमा पनि ज्यान जोखिममा राखेर काम गरिरहेका पत्रकार, शुरक्षाकर्मी तथा प्रशासनका अधिकारीलाई सहयोग गरेको कन्स्ट्रक्सनका प्रोप्राईटर अभियान श्रेष्ठले बताए ।


निर्माण व्यवसायी संघका अध्यक्ष रत्नकुमार श्रेष्ठ तथा अभियानले प्रमुख जिल्ला अधिकारी सागर आचार्य, पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेल तथा सशसस्त्र प्रहरी बल मनकामना गण भानुका प्रहरी उपरीक्षकलाई सामग्री हस्तान्तरण गरे ।


प्रशासनलाई ५० थान, पत्रकारलाई २५ तथा सशस्त्रलाई ३० थान भाईजर, मास्क, स्यानिटाइजर तथा फेस सिल्ड प्रदान गरिएको बताएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्