अभाव भएका परिवारलाई विवेकशील साझाको खाद्यान्न

  • ख-
  • ख+

दमौली: विवेकशील साझा पार्टीले खाद्यान्न अभाव समस्या भोगेका दुई परिवारलाई सहयोग गरेको छ ।


अति विपन्न, श्रमिक, मजदुर,अपाङ्गता भएका तथा अशक्त नागरिक लक्षित खाध्यान्न वितरण अभियान अन्तर्गत व्यास ४ का दुई परिवारलाई चामल र अन्य खाद्यान्न सहयोग गरेको व्यास नगर अध्यक्ष सलमान अलीले बताए ।


तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाईका सदस्य सलीम मियाँले सघाएको पार्टीले जनाएको छ ।


अभियानमा खाध्यान्न वा नगद सहयोग गर्न (9856063910 / 9826190500) मा सम्पर्क गर्न सक्ने पार्टी जिल्ला संयोजक सागर घिमिरेले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्