पत्रकार कल्याणकारी कोषमा उपसचिव नागिलाको ५ हजार ५ सय ५५ सहयोग

  • ख-
  • ख+

दमौली : नेपाल पत्रकार महासंघ तनहुँ शाखाले स्थापना गरेको कल्याणकारी कोषका लागि नेपाल सरकारका उपसचिव तथा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले आर्थिक सहयोग प्रदान गरेका छन् ।

व्यास न.पा १२ कमलबारी निवासी नागिलाले  महासंघ तनहुँ शाखाका सहसचिव प्रकाश अधिकारीलाई उक्त रकम हस्तान्तरण गरे। 

पत्रकार महासंघ तनहुँको अभियान निकै महत्त्वपूर्ण अभियान रहेको र जिल्लाका पत्रकारलाई कोभिड-१९ हुदा होस् अथवा दु: ख पर्दा यो अभियानले सहयोग पुग्ने बताए।  अपिल अनुसार कल्याणकारी कोषलाई सहयोग आउने क्रम जारी रहेको महासंघले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्