पत्रकार कल्याणकारी कोषलाई गौलीले दिइन् ५००५

  • ख-
  • ख+

दमौलीः नेपाल पत्रकार महासंघ तनहुँ शाखाले स्थापना गरेको कल्याणकारी कोषमा व्यास–२,दमौली निवासी कल्पना गौलीले आर्थिक सहयोग गरेकी छन् । उनले महासंघ तनहुँ शाखाका अध्यक्ष उज्वल पौडेललाई शनिबार ५ हजार ५ रुपयाँ रकम हस्तान्तरण गरिन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी जिल्ला कार्य समिति तनहुँकी अध्यक्ष एवं माँ दुर्गे संस्थाकी समेत अध्यक्ष गौलीले विपद्मा परेका पत्रकारहरुको हितमा खर्च हुने कल्याणकारी कोषमा सहयोग गरेको बताइन् ।

सो अवसरमा उनले आगामी दिनमा समेत नेपाल पत्रकार महासंघ तनहुँशाखालाई सहयोग गर्ने वचनवद्वता व्यक्त गरेको अध्यक्ष पौडेलले बताए । महासंघको अपिल अनुसा कल्याणकारी कोषलाई सहयोग आउने क्रम जारी रहेको शाखाले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्