ग्रीन सिटी टोलमा ‘मास्कबिनाको यात्रा’ र पसल खोल्न ‘पूर्ण निषेधित’

  • ख-
  • ख+

दमौलीः कोरोना जोखिम बढेको कारण देखाउँदै दमौलीको ग्रीन सिटी टोल सिल भएको विषय सार्वजनिक भयो । आवतजावत समेत निषेध हुने गरी सिल भएको भन्दै सामाजिक सञ्जालमा यो विषय सार्वजनिक भए पछि आलोचना पनि शुरु भयो ।


तर टोलले भने आवतजावत निषेध नभै मास्कबिना आवतजावतमा आवतजावतमा रोक लगाउने निर्णय गरेको बताएको छ । ‘टोललाई सिल गर्नुपर्छ भनेर कुरा पनि उठेको हो,’ दमौली न्यूजसँग कुरा गर्दै टोल विकास संस्थाका अध्यक्ष सुरेश वाग्लेले भने,‘हामीले मास्कबिना आवतजावत पूर्ण रोक्ने निर्णय गरेका हौं ।’


उनले निषेधाज्ञा नै भएका कारण अनावश्यक आवतजावत प्रशासनले नै रोक्ने भन्दै जोखिम बढी भएकाले मानिसलाई सचेत हुने सन्देश जारी गरेको बताए । ‘अति आवश्यक परेर हिंड्ने परे मास्कबिना नहिंडौं भनेर ब्यानर टाँगेका छौं,’ उनले भने ।


पछिल्लो समय कोभिड जोखिम बढेको भन्दै बाटामा तगारा लगाउने तथा टोलमा आवतजावत नै पूर्णतः बन्द गर्ने निर्णय सार्वजनिक भेरहेका छन् । यसले अति आवश्यक परेर हिंड्ने मानिस तथा बिरामी आदिलाई असर पर्ने गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्