व्यास ११ को संक्रमित क्षेत्र एक साता बन्द

  • ख-
  • ख+

दमौलीः होम क्वारेन्टिन बसेका दुई जना संक्रमितको सम्पर्कमा आएकाको रिपोर्ट नआउँदासम्मका लागि व्यास ११ को संक्रमितका निवास आसपासको क्षेत्र एक साताका लागि बन्द गर्ने निर्णय गरिएको छ ।


वडा कार्य समितिको मंगलबार बसेको बैठकले भारत र युएईबाट आएका संक्रमितसँग सम्पर्कमा आएका साविक तनहुँसुर ४, ५, ७ र ९ नम्बर वडा क्षेत्रमा जोखिम बढेको भन्दै एक साता बन्द गर्ने निर्णय गरेको हो ।

वडाध्यक्ष निरबहादुर खड्काले यसबीचमा रिपोर्ट नेगेटिभ आएमा भने बन्द हटाइने बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी