थर्पु एकाईले प्रहरीलाई स्वास्थ्य सुरक्षा सामग्री दियो

  • ख-
  • ख+

थर्पुः तनहुँ उद्योग वाणिज्य संघ थर्पु बजार एकाईले थर्पु प्रहरी चौकीलाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको छ ।


शनिबार चौकीमै पुगेर एकाईका सभापति भीमलाल श्रेष्ठसहितका पदाधिकारीले दुई सय ५० थान मास्क, पाँच लिटर सेनिटाइजर, १३व टा फेस सिल्ड र १ प्याक ग्लब्स स्प्रे बक्स प्रदान गरेका हुन् ।


नागरिकको शान्ति सुरक्षाका लागि अग्रपंंक्तिमा खट्ने सुरक्षाकर्मीहरुलाई सम्मान तथा थप आत्मबल मिलोस भनेर सहयोग गरिएको एकाई सभापति श्रेष्ठले बताए ।


तनहुँ उद्योग वाणिज्य संघ कोभिड संकट व्यवस्थापन महाअभियान २०७८ अन्तर्गत पहिलो चरणको सहयोग प्रदान गरिएको एकाईले जनाएको छ ।


कार्यक्रममा उपसभापति शेषकान्त घिमिरे,सचिव सुन्दरमणि अधिकारी, कोषाध्यक्ष खमबहादुर नेपाली र सदस्यहरु,सुरेन्द्र अधिकारी, यज्ञनरायण श्रेष्ठलगायतको उपस्थिति रहेको एकाईले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी