काठमाडौं : कामचलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यरातमा संसद भंग गर्दै मध्यावधि चुनाव गर्न सिफारिस गरेका छन् ।
संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि परेको दुबै दाबीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकार गरे लगतै प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यरातमा आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएर यस्तो निर्णय गरेका हुन् ।
मन्त्रिपरिषद स्रोतका अनुसार कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस गरिएको छ ।

















