कोरोनासँग जुध्न कांग्रेस नेता भण्डारीले दिए एक लाख

  • ख-
  • ख+

दमौली : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले स्वास्थ्य सामाग्री खरीदका लागि उपलब्ध गराइएको रकम नेपाली कांग्रेस तनहुँलाई हस्तान्तरण गरिएको छ ।

रकम नेपाली कांग्रेस व्यास नगर कार्य समितिका सह–सचिव डम्बर अधिकारीले जिल्ला सचिव विश्व वास्तोला र सह–सचिव केशबहादुर सुनारलाई सयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

पूर्वमन्त्री भण्डारीले स्वास्थ्य सामग्री खरीदका लागि १ लाख १ हजार १ सय ११ रुपैयाँ उपलब्ध गराएका थिए । सो रकमबाट स्वास्थ्य सामग्री खरीद जिल्लाका विभिन्न अस्पताल र आइसोलेसन कक्षहरुमा सामग्री हस्तान्रतण गर्न पूर्वमन्त्री भण्डारीले आग्रह गरेका छन् ।

रकम ग्रहण गर्दै जिल्ला सचिव विश्व वास्तोलाले सहयोगका लागि पूर्वमन्त्री भण्डारी धन्यवाद व्यक्त गरेका थिए । साथै तनहुँ कांग्रेस छिट्ै स्वास्थ्य सामाग्री हस्तान्तरण गर्ने समेत वास्तोलाले बताएका थिए । यसैबीच तनहुँ कांग्रेसले स्वास्थ्य सामाग्री हस्तान्तरणका लागि पार्टीका नेता तथा कार्यकर्ता संग सहयोगका लागि अपिल गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी