प्रधानमन्त्रीमा दुई दावेदारीः ओलीले राष्ट्रपति भेटेर फर्के, देउवा समूहलाई दोश्रो भेट

  • ख-
  • ख+

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमत सदस्यको हस्ताक्षरसहित प्रधानमन्त्रीका लागि दावेदारी पेश गरेर शितलनिवासबाट बाहिरिए पछि बल्ल विपक्षी गठबन्धनले प्रधानमन्त्रीका लागि दावेदारी प्रस्तुत गर्ने मौका पाएको छ ।


कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन नेकपा एमालेको नेपाल समूहसमेतको एक सय ४९ हस्ताक्षर लिएर गएका विपक्षी गठबन्धनका नेता राष्ट्रपतिसमक्ष दावी पेश गर्नु अघि नै प्रधानमन्त्रीले भेट गरेका हुन् ।


उनले आफुना पक्षमा रहेका राजपासहितका नेताको हस्ताक्षर लिएर गएको बुझिएको छ । अब केहीबेरमा नै राष्ट्रपति कार्यालयले सम्भवतः ओलीलाई नै प्रधानमन्त्रीका रुपमा घोषणा गर्ने चर्चा राजनीतिवृत्तमा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी