
काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रुपमा विपक्षी गठबन्धनले अघि सारेको छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको विपक्षी गठबन्धनको बैठकले देउवालाई प्रधानमन्त्रीका रुपमा अघि सार्न संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा दाबी गर्ने निर्णय भएको छ ।
कांग्रेस सभापतिकै नेतृत्वमा १ सय ४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गर्ने निर्णय भएको नेता गगन थापाले बताए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले ७६ उपधारा ५ अनुसार प्रधानमन्त्रीमा दाबी पेस गर्न देउवा गठबन्धन सरकारमा दाबेदारीसहित शितलनिवास पुगेका छन् । अकस्मात राजनीतिले नयाँ मोड लिएसँगै देउवाको प्रम बन्ने सम्भावना बढेको आँकलन गरिएको छ ।