तनहुँको सर्वपक्षीय बैठकको निष्कर्षः पीसीआरको रिपोर्ट ढिलो भयो, चाँडो पठाउ

  • ख-
  • ख+

दमौलीः तनहुँका निर्वाचित जनप्रतिनिधि तथा विषय विज्ञहरुले कोभिड संक्रमणको जोखिम उच्च भए पनि पीसीआर रिपोर्ट ढिलो आएकाले जोखिम बढेको निष्कर्ष निकालेको छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको समन्वय बैठकमा छिटो रिपोर्ट दिने व्यवस्था गर्न स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशसँग अनुरोध गरेको छ ।


बैठकले जिल्लामा पीसीआर जाँच प्रयोगशाला आवश्यक रहेको भन्दै तनहुँमा अत्याधुनिक ल्याबको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग अनुरोध गर्ने निर्णय गरेको छ ।

बैठकले तनहुँलाई कोभिड १९ को उच्च जोखिमयुक्त ठाउँ भन्दै प्राथमिकतामा राखि सबै उमेर समूहलाई खोप उपलब्ध गराउन समेत स्वास्थ्य सेवा विभागलाई अनुरोध गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी