पब्जी गेम स्ट्रिमिङबाट उठेको रकम राष्ट्रिय आविष्कार केन्द्रलाई

  • ख-
  • ख+

संजय श्रेष्ठ

दमौली : कोभिड संक्रमण र मृत्युदर बढे संगै नेपालमा  देखिएको अक्सिजन तथा स्वास्थ्य सामग्रीको अभाव कम गर्नका लागि राष्ट्रिय आविष्कार केन्द्रले  गर्दै आएको स्वास्थ सामग्री उत्पादन तथा सहजीकरणलाई सहयोग गर्न पब्जी गेम स्ट्रिमिङबाट उठेको एक लाख ६४ हजार भन्दा धेरै रकम  आविष्कार केन्द्रलाई प्रदान गरिने भएको छ ।

कोभिड महामारीमा देखिएकाे अक्सिजन अभावलाई सहजीकरण गर्न गेमिङ स्ट्रिमर फोरके गेमिङ नेपालका स्ट्रिमर पवन जंग शाहीले  चार ओटा गेम स्ट्रमिङबाट  रकम संकलन गरेका थिए ।  

स्फूर्त रूपमा अन्य खेलाडी तथा सहयोगीहरुबाट उठेको एक लाख ३९ हजार ५८६ रुपैयाँमा शाहीले आफ्नो व्यक्तिगत तर्फबाट २५ हजार रुपैयाँ  थपेर शनिबार  राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गर्ने भएका छन् ।

   फोरके गेमिङ नेपालका सञ्चालक पवन जंग शाहीले यस अघि जनस्तरबाट निर्माण हुदै गरेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि   ८८ हजार रुपैयाँ सहयोग गरेका थिए ।

वैदेशिक रोजगारीका लागि कोरिया गएका शाही विगत केही वर्ष यता  स्वदेशमा नै फर्किएर अनलाइन गेमिङ र स्ट्रिमिंग मार्फत मनोरञ्जन तथा  सहयोगमा निरन्तर लागि रहेका छन् ।  साेसल मिडियामा फाेरके नेपाल गेमिङ नेपालकै लाेकप्रिय गेमिङ स्ट्रिमर हाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी