प्रधानमन्त्रीमा महन्थको ईच्छा कति ?

  • ख-
  • ख+

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५)अनुसार सरकार गठनका लागि दलहरुलाई आव्हान गरेपछि प्रधानमन्त्रीमा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको नाम पनि चर्चामा आएको छ।

जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवपक्षका नेता तथा कांग्रेस र माओवादीका नेताहरु वैकल्पिक सरकारको नेतृत्वमा ठाकुरलाई पठाउन सकारात्मक भएको बताइएको छ।

यही चर्चाबीच अध्यक्ष ठाकुरले आफूलाई प्रधनमन्त्री बन्न कतैबाट प्रस्ताव नआएको बताएका छन् । सिंहदरबारमा पत्रकारहरुसँग कुरा गर्दै उनले बाहिर वैकल्पिक सरकारको नेतृत्वका लागि साथीहरुले प्रस्ताव गरेको चर्चा चले पनि आफूलाई सकैले त्यस्तो प्रस्ताव नगरेको बताए ।

‘सबै सम्भावनाहरु बाँकी छन्, मेरा सपनाहरू पनि छन्,’ अध्यक्ष ठाकुरले भने, ‘तर, परिस्थितिजन्य कामका लागि ममा कुनै इच्छा र आकांक्षा छैन ।’ उनले वर्तमान सरकारले आफ्ना मागहरु सम्बोधन गरिरहेको पनि बताए ।

राष्ट्रपति नयाँ सरकार गठनका लागि शुक्रबार साँझसम्मको समय दिएपछि विपक्षी दलहरु छलफलमा जुटेका छन् । अहिले कांग्रेस सभापति शेदरबहादुर देउवा निवास बुढानिलकन्ठमा विपक्षी दलहरुको बैठक बसिरहेको छ ।
काठमाण्डौ प्रेसबाट

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी