जन्मदिनमा ढुंगानाद्वारा बालगृह र पत्रकार कल्याणकारी कोषमा सहयोग

  • ख-
  • ख+

दमौली ः कोभिड संक्रमणको जोखिम कम गर्न तथा फजुल खर्च रोक्न भन्दै एक युवतीले बालगृह तथा पत्रकार कल्याणकारी कोषमा सहयोग गरेर जन्मदिन मनाएकी छन् ।


व्यास–६ साँघे घर हाल व्यास–३ दमौली निवासी विप्लता ढुङ्गानाले कोभिडका बेला साथीभाई बोलाउँदा जोखिम हुने भन्दै जन्मदिनको खर्च सामाजिक काममा लगाएकी हुन् ।


उनले व्यास १० को उज्यालो बाल गृहका लागि तीन हजार तथा नेपाल पत्रकार महासंघ तनहुँ शाखाले स्थापना गरेको कल्याणकारी कोषमा दुई हजार पाँच सय रुपैयाँ सहयोग गरिन् ।

उनले घरका अध्यक्ष सागर घिमिरे तथा दमौली न्युजका सम्पादक पवन पौडेललाई रकम हस्तान्तरण गरिन् ।


ढुंगानाले न्यूनतम एक सय रुपैयाँ संकलन गर्दै बतास फाउण्डेसनको सक्रियतामा पोखरामा स्थापना हुन लागेको अक्सिजन प्लाण्टमा समेत जन्मदिनकै अवसरमा सहयोग गरेकी छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी