‘अक्सिजन अभावमा तनहुँमा कसैले मर्नु पर्दैन, मलाई सम्पर्क गर्नुस्’

  • ख-
  • ख+

दमौलीः तनहुँका प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानले अक्सिजनको अभावमा तनहुँमा कसैले ज्यान गुमाउनु नपर्ने बताएका छन् ।

तनहुँ उद्योग वाणिज्य संघका पदाधिकारीसँग भेटघाट गर्दै उनले भने,‘तनहुँमा चाहिने जति पनि अक्सिजन ल्याउन म तयार छु ।’


उनले आफूले स्वास्थ्य सेवा विभागमा गएर तनहुँका अस्पतालहरुका लागि अक्सिजन सिलिण्डर र अरु सामग्री ल्याएको बताए ।


श्रेष्ठले तनहुँ उद्योग वाणिज्य संघले थालेको आपतकालिन उद्धार कोषको सराहना पनि गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी