सांसद श्रेष्ठले बाँडे भानु र बन्दीपुरमा अक्सिजनसहित स्वास्थ्य सामग्री

  • ख-
  • ख+

दमौलीः तनहुँ क्षेत्र नम्बर एकका प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठले जिल्लाका अस्पतालहरुलाई अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामग्री वितरण गरेका छन् ।


श्रेष्ठले भानु नगरपालिका र बन्दीपुर गाउँपालिकालाई पाँच थानका दरले अक्सिजन सिलिण्डरसहितका सामग्री हस्तान्तरण गरेका हुन् ।
भानुको पुरनडिही अस्पताल तथा बन्दीपुरको बन्दीपुर अस्पतालका लागि स्वास्थ्य मन्त्रालयबाट ल्याइएको सामग्री उनले हस्तान्तरण गरेका हुन् ।


‘म आफैंलाई पनि कोभिड पोजिटिभ भएर लामो समयमा निको भएको अनुभव छ,’ उनले भने,‘मेरो जिल्लाका दाजुभाई दिदिबहिनीलाई पनि यस्तो समस्या नहोस् भनेर पहल गरेको हुँ ।’


उनले जीपी कोइराला श्वासप्रश्वास केन्द्रमा ५ वटा भेन्टिलेटर सहित १० बेड आइसियुको पुर्वाधार निर्माणका लागि ६ करोड , अक्सिजन प्लान्ट निर्माणका लागि ३ करोड रुपैया बिनियोजन भएको बताए ।

उनले दमौली अस्पतालका लागि ३० लाख तथा बन्दीपुर अस्पतालका लागि ३० लाख रुपैयाँ बिनियोजन भएको समेत बताए ।
दमौली अस्पताललाई समेत स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने सांसद श्रेष्ठले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी