भण्डारीले एक लाखको स्वास्थ्य सामग्री सघाउने

  • ख-
  • ख+

दमौली :नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले तनहुँमा स्वास्थ्य सामाग्री खरीदका लागि सहयोग गर्ने भएका छन् ।

पूर्वमन्त्री भण्डारीले नेपाली कांग्रेस तनहुँ मार्फत १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने भएका हुन् ।

नेपाली कांग्रेस व्यास नगर समितिका सह–सचिव डम्बर अधिकारीका अनुसार बिहीबार नेपाली कांग्रेस तनहुँलाई रकम हस्तान्तरण गरिने छ ।

पूर्वमन्त्री भण्डारीले सहयोग प्रदान गरेको रकम मार्फत नेपाली कांग्रेस तनहुँले जिल्लाका विभिन्न अस्पताल र स्थानीय तहले सञ्चालन गरेका आइसोलेसन कक्षमा स्वास्थ्य सामाग्री प्रदान गर्ने कार्यवाहक सभापति जितप्रकाश आलेले बताएका छन् ।

पूर्वमन्त्री भण्डारीले पार्टी मार्फत सहयोग प्रदान गरेकोमा कार्यवाहक सभापति आलेले धन्यवाद ज्ञापन गरेका छन् । पूर्वमन्त्री भण्डारी सहित परिवारका सदस्य केही दिन अगाडि कोरोनाको संक्रमणबाट मुक्त भएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी