अभाव भएको परिवारलाई हिमानी ट्रष्टको खाद्यान्न सहयोग

  • ख-
  • ख+

दमौली: हिमानी ट्रष्टले खाद्यान्न अभाव खेपिरहेकी व्यास १ कि एक वृद्धलाई खाद्य सामग्री सहयोग गरेको छ ।


एक्लै बस्दै आएकी करिब ७० वर्षीया वृद्धालाई खाद्यान्न अभाव भएको खबर पाए पछि कोषका जिल्ला संयोजक उज्वल भट्टराई र दमौलीका युवा भुवन गोशलीले चामल, दाल, तेल लगायत आवश्यक सामग्री सहयोग गरेको हो ।


दमौली न्यूजले खाद्यान्न अभाव भएर समस्या परेको परिवारको खोजी गर्ने क्रममा वृद्धाबारे जानकारी प्राप्त भए पछि सहयोग गरेको भट्टराईले बताए ।


सो अवसरमा दमौली न्युजकर्मी संगम घर्तीले समेत वृद्धालाई सहयोग गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी