कोरोना अपटेडः आँबुखैरेनीका तीनसहित गण्डकी प्रदेशमा ४८ संक्रमित

  • ख-
  • ख+

दमौलीः तनहुँको आँबुखैरेनीका तीनसहित गण्डकी प्रदेशमा मंगलबार ४८ नयाँ संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको पछिल्लो परीक्षण रिपोर्ट अनुसार आँबुखैरेनी १ का ५६ वर्षका पुरुष र आँबुखैरेनी २ का ४२ र ४८ वर्षिया महिलामा संक्रमण देखिएको हो ।

कास्कीमा २६ नयाँ संक्रमित भेटिएकामा पोखरा फुड्सका २० महिला र चार पुरुषमा संक्रमण देखिएको छ ।


गोरखाका थप १० जनामा पनि संक्रमण भेटिएको निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी