
दमौलीी : तनहुँ उद्योग वाणिज्य संघ कोभिड संकट व्यवस्थापन महाअभियान २०७८ को कोषमा साढे सात लाख रुपैयाँ संकलित भएको छ ।
सोमबारसम्म सात लाख पाँच हजार पाँच सय ७९ रुपैयाँ संकलित भएकोमा मंगलबार ४५ हजार बढी संकलित भएको संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
संघले कोभिड संकटसँग जुध्न खटिएका जनशक्तिलाई आवश्यक सामग्री खरिद गर्न भन्दै खडा गरेको कोषमा देश तथा विदेशबाट सहयोग गर्ने प्रतिवद्धता आइरहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।