
दमौली: व्यास १० खहरेमा आफ्नै घरको कोठामा मृत भेटिएकी एक महिलाको घटनामा अनुसन्धान गर्न स्थानीयले माग गरेका छन् ।
ऋषिङ ७ घर भै हाल खहरे बस्दै आएकी करिब २८ वर्षीया मनमाया थापा आफ्नै घरको खाटमा मृत भेटिएकी छन् ।
शुरुमा आत्महत्या गर्न खोज्दा उद्धार गरिएको विवरण आए पनि स्थानीयले अनुसन्धान गर्न माग गरे पछि प्रहरीले घटनास्थल रहेका एक युवकलाई नियन्त्रणमा लिएको छ ।
घटनाबारे अनुसन्धान थालिएको र एक युवकलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेनाले दमौली न्यूजलाई बताए ।
मृतकका पति भने वैदेशिक रोजगारीमा रहेको बुझिएको छ ।
घटनास्थल रहेका युवकलाई नियन्त्रणमा लिनु अघि आक्रोशित स्थानीयले हातपात गरेका थिए । प्रहरीले स्थानीयबाट छुट्याउँदै युवकलाई नियन्त्रणमा लिएको थियो ।
