सर्वत्र आलोचना हुने गरी झापुटारको पुलमा किन लाग्यो प्रतिवन्ध ?

  • ख-
  • ख+

दमौली: व्यास ३ र ऋषिङ १ झापुटार जोड्ने सेती पुलमा तगारो लगाइएको छ ।
ऋषिङ १ झापुटारका स्थानीयको सर्वपक्षीय बैठकले गरेको यस्तो निर्णयको अहिले चर्को आलोचना भइरहेको छ ।

सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताले यस कार्यको चर्को आलोचना गरिरहेका छन् । स्थानीय बसन्ती सारुले लेखेको पोस्टमा कमेन्ट गर्ने अधिकांसले आवतजावत नै रोक्नु गलत भनेका छन्।


यसैगरी शुक्ला माविका प्रधानाध्यापक केशर थापाले पनि उक्त कदमको विरोध गरेर लेखेको स्ट्याटसमा कमेन्ट गरेर उनलाई समर्थन जनाउने प्रशस्त छन् ।
तर दमौली न्यूजले यो समाचार तयार पार्दासम्म पुलको बीच भाग अनि  झापुटार क्षेत्रमा प्रवेशमा अवरोध कायमै छ ।


‘सबैको ज्यान जोखिममा परे पछि अप्रिय कदम चालेका हौं ‘
आखिर आवतजावत नै रोकिने गरी पुलमा अवरोध किन त? दमौली न्युजले यो प्रश्न वडा अध्यक्ष श्रीबहादुर आलेलाई गरेको थियो ।
‘ दैनिक मोटरसाइकल लिएर आउने बढे,’ उनले भने, ‘ दिन दिनै संक्रमित बिरामी बढ्न थाले पछि टोलको निर्णय गरेर नै रोकेका हौं। ‘
उनले तनहुँ जलविद्युत आयोजनालाई स्टाफ बस्ने व्यवस्था गर्न भने पनि नमानेर संक्रमण भएका क्षेत्रका स्टाफ दिनहुँ आउन थाले पछि बाध्य भएर रोकेको बताए । ‘ म आफैलाई गाह्रो भएको छ,’ उनले भने,’ सबैको सुरक्षा गर्न २/४ दिन दुःख गर्नु पर्छ ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्