रिपोर्ट ढिलो आएको भन्दै आफैं पीसीआर जाँच्न व्यासद्वारा अनुमति माग

  • ख-
  • ख+

दमौली: कोरोना परीक्षणको  पीसीआर रिपोर्ट ढिलो आएको भन्दै आफैं परीक्षण गर्न अनुमति माग गरेको छ ।


कोभिड-१९ नियन्त्रण सम्बन्धी समीक्षा बैठकका क्रममा
नगर प्रमुख वैकुण्ठ न्यौपानेले नगरपालिका आफैंले जाँच गर्ने गरी तयारी गर्न लागिएको जानकारी दिएका थिए ।


एक स्वास्थ्य ल्याब कम्पनीसँगको सहकार्यमा नगरपालिकामा नै पीसीआर परीक्षण गरेर द्रुत नतिजा दिने प्रस्ताव उनले बैठकमा गरेका थिए ।


बैठक पछि नगरपालिकाले यस्तो परीक्षणका लागि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रसँग अनुमति मागेको छ ।
बैठकमा सहभागी एक सदस्यका अनुसार यस्तो परीक्षणको प्रति व्यक्ति एक हजार रुपैयाँ शुल्क लाग्दछ ।


नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम सिग्देलका अनुसार शुल्क तिर्न नसक्नेका हकमा नगरपालिकाले प्रवन्ध गर्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्