
दमौली : नेपाल पत्रकार महासंघ तनहुँ शाखाले स्थापना गरेको कल्याणकारी कोषमा व्यास नगरपालिका वडा न.१ गल्बुबेशी निवासी प्रदीप न्यौपानेले आर्थिक सहयोग गरेका छन् ।
न्यौपानेले कोषका लागि सोमबार २५ सय ११ रुपयाँ महासंघ तनहुँ शाखाका अध्यक्ष उज्वल पौडेललाई हस्तान्तरण गरे । लामो समय पत्रकारीता क्षेत्रमा क्रिायशिल न्यौपाने नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य हुन् ।
संचार क्षेत्र र संचारकर्मिहरुको हितमा खर्च हुने कल्याणकारी कोषमा स्थापना गर्नु राम्रो काम भएको न्यौपानले बताए । कोषमा रकम प्रदान गर्नु भएकोमा शाखा अध्यक्ष उज्वल पौडेलले धन्यवाद दिए ।
नेपाल पत्रकार महासंघ तनहुँको यही जेठ १ गते बसेको बैठकले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको थियो ।
कल्याणकारी कोष स्थापनाका लागि पत्रकारहरू, शुभेक्षछुक ,सहयोगी संस्था र व्यत्तिहरु कल्याणकारी कोषमा आर्थिक संकलन गर्ने निर्णय गरेको महासंघ तनहुँ शाखाका उपाध्यक्ष डिपी अधिकारीले बताए ।
यस अघि कोषमा प्रभु बैंकका पूर्व सञ्चालक पूर्कोटका राम पाण्डेले २० हजार सहयोग गरेका थिए ।