पत्रकार महासंघ तनहुँले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने

  • ख-
  • ख+


दमौली: तनहुँमा पत्रकार कल्याणकारी कोष स्थापना हुने
नेपाल पत्रकार महासंघ तनहुँ शाखाले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने भएको छ ।पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्जल पौडेलको अध्यक्षतामा शनिबार बसेको भिडियो बैठकले  कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको हो ।


कल्याणकारी कोष स्थापनाका लागि पत्रकारहरूबाट आर्थिक संकलन, शुभेक्ष्छुक ,सहयोगी संस्था र व्यक्तिबाट संकलन भएको रकमले कल्याणकारी कोष स्थापना गर्ने पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्ज्वल पाैडेलले बताए ।


बैठकले क्रियाशिल पत्रकारहरूको दुर्घटना बीमाका लागि आर्थिक सहयोग गर्ने व्यास नगरपालिकालाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको पाैडेलले बताए  । कोभिड १९ को दोस्रो लहर दिनप्रतिदिन संक्रमण फैलिएकाले  स्वास्थ्य सावधानी अपनाई पेशागत कर्तव्य निर्वाह गरिदिन पत्रकारहरूलाई पत्रकार महासंघ तनहुँ शाखाका सचिव प्रताप रानाले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी