जन्मदिनमा पत्रकार महासंघ केन्द्रीय सचिव अर्यालद्वारा तेजु स्मृती अक्षय कोषमा सहयोग

  • ख-
  • ख+

काठमाडौं: नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सृजना अर्यालले आफ्नो जन्मदिनको अवसर पारेर अक्षय कोष स्थापनाका लागि आर्थिक सहयोग गरेकी छिन् । ‘तेजु स्मृति अक्षय कोष’ स्थापनाका लागि १२ हजार पाँच रुपैयाँ सहयोग गर्ने घोषणा गरेकी हुन् ।

नेपाल प्रेस युनियन डोटी शाखाले संस्थापक अध्यक्ष स्व. तेज बहादुर खड्का ‘तेजु’को स्मृतिमा अक्षय कोष स्थापना गर्न लागेको छ । अर्याल नेपाल प्रेस युनियन केन्द्रीय सदस्य समेत हुन् ।

लामो समय नेपाली पत्रकारीता जगतमा खर्च गरेका लोकप्रिय रेडियोकर्मी स्व. खड्काले पत्रकारिता तथा सामाजिक क्षेत्रमा दिएको योगदानको कदर गर्दै योगदानलाई अमर राख्ने प्रेस युनियनको अभियानमा आफूले पनि सहयोग गरेको अर्यालले बताइन् ।

प्रेस युनियनले स्वर्गिय पत्रकार खड्काको स्मृतीमा अक्षयकोष स्थापना गरी सो कोषबाट राष्ट्रिय पत्रकारिता पुरस्कारको स्थापना गर्ने लक्ष्य लिएको छ ।

पत्रकार खड्का बाजुराको बुढीनन्दा धार्मिक तथा पर्यटकीय स्थलको रिपोर्टिङ्ग गरेर फर्किने क्रममा बेपत्ता भएका थिए । बेपत्ता भएका खड्काको तीनबर्षपछि मात्रै कंकाल भेटिएको थियो । जसको डिएनए र घटना स्थलमा भेटिएका सामग्रीको आधारमा उनको मृत्यु भएको पुष्टि भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी